समाचार

कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु

covid 19 dead body

२१ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन् । मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया र झापाको ४५ वर्षीया महिला रहेकी छिन्। त्यसैगरी काठमाडौंका तीन पुरुषको मृत्यु भएको छ ।

काठमाडौंका ६८, ७४ र ८४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मोरङका ४५ वर्षीय, धनुषाका ३५ वर्षीय, पर्साकाे ७७ वर्षीय पुरूष र चितवनका ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस