समाचार

सर्लाहीमा भोलिदेखि निषेधाज्ञा हटाइने

Sarlahi CDO Office

२१ भदौ, जनकपुर । सर्लाहीमा भोलिदेखि निषेधाज्ञा हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोरोना संक्रमण फैलिन नदिने उद्देश्यका साथ विगत ३ सातादेखि लगाउँदै आएको निषेधाज्ञा भोलीदेखि हटाउने निर्णय गरेको हो ।

जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको आइतबार बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

कोरोना संक्रमण बढदै गएको र समुदाय सतरमा समेत फैलिदै गएपनि सर्वसाधारणको जीवन निर्वाह तथा एवं सामाजिक आर्थिक अवस्थालाई सन्तुलित बनाई राख्न व्यापार तथा रोजगारी हुने खालका कृयाकलापहरु संचालन गर्न दिइने निर्णय गरिएको उनले बताए ।

यद्यपि कोरोना संक्रमण फैलिन नदिन आवश्यक सुरक्षा मापदण्ड पालन गराउन लगाइने उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा खुल्ला गरे पनि होटेल तथा मदिरा पसलहरु संचालनमा र हाट बजार तथा मेला आयोजनमा पूर्ण रुपमा प्रतिबनध लगाइएको छ ।

उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ । संघ संस्था, कार्यालय, वित्तिय संस्थाहरु पालिकागत हिसाबले पालो मिलाएर संचालनमा ल्ययाउन सूचनामा भनिएको छ ।

निषेधाज्ञा हटाइएपनि सामाजिक दूरी कायम गर्ने, भीडभाड हुन नदिइने लगायतका नियमहरु अनिवार्य रुपमा पालन गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । साथै ढुवानीको सेवा सूर्योदय देखि सूर्यास्तसम्म मात्र सञ्चालन गर्न दिने निर्णय समेत गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस