२१ भदौ, काठमाडौं । बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण देखिएको छ ।
आइतबार सामाजिक सञ्जालमार्फत अर्जुनले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका हुन् । उनलाई कुनै लक्षण भने देखिएको छैन । अहिले उनी होम क्वारेनटाइनमा बसेको उनले जानकारी गराएका छन् ।
इन्स्टाग्रामको पोष्टमा उनले लेखेका छन्‚ ‘तपाईंहरुलाई यो बताउनु मेरो ड्युटी हो कि मेरो कोरोना भाइरस टेष्ट रिर्पोट पोजेटिभ आएको छ, अहिले म ठिक छु।’ चिकित्सक र प्रशासनको सल्लाहमा घरमै आइसोलेनमा बसेको उनले लेखेका छन्‚ ‘मेरोबारेमा चासो र चिन्ता लिनु हुने सबैप्रति धन्यवाद दिन चाहन्छु’ अर्जुन कपुरले लेखेका छन्‚ ‘आगमी दिनमा मेरो स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहनेछु।’
अहिले सबै असाधारण र अभूतपूर्व समयमा रहेको भन्दै उनले मानवताको बाटोबाट नै जित हासिल गर्न सकिने उनले उल्लेख गरेका छन् ।