राजनीति

स्वास्थ्य मन्त्रीको परिवारका एक सदस्यलाई कोरोना संक्रमण

Bhanubhakta Dhakal

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक ब्यांकमा कार्यरत मन्त्रीका परिवारका सदस्यमा संक्रमण पुष्टि भएको हो ।

परिवारका सदस्यमा संक्रमण भएपछि मन्त्री ढकालसहित परिवारका सदस्य मन्त्रीको सरकारी निवासमै होम क्वारेन्टिनमा बसेका छन् । परिवारका सदस्यलाई संक्रमण भएकाले घरबाटै मन्त्रालयको काम गरेको मन्त्री ढकालले बताए ।

‘म तीन दिनदेखि होम क्वारेन्टिनमा छु । परिवारको सदस्यलाई संक्रमण देखिएकाले घरमै बसेको हो,’ उनले भने,’प्रोटोकल अनुसार ५ दिन बसेर पिसिआर गरेपछि मात्रै बाहिर निस्कन्छु ।’

स्वास्थ्यकर्मीको सुझावका आधारमा बाहिर निस्किने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस