समाचार

सुन खरिद गर्ने बहानामा साढे १३ चोरी गरेको आरोपमा ५ जना पक्राउ

arrest

२१ भदौ, काठमाडौं । सुन खरिद गर्ने बहानामा नगद १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको आरोपमा ५ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ३ घर भई टोखा नगरपालिका- ७ बस्ने ३२ वर्षीय विष्णु थापा, सिन्धुपाल्चोक जुगल गाउँपालिका- ४ घर भई काठमाडौं बस्ने २७ वर्षीय मेघ बहादुर तामाङ, जुगल गाउँपालिका- २ घर भएका २८ वर्षीय रुगेन लामा (गोले), जुगल गाउँपालिका- ५ घर भएका २३ वर्षीय आकाश स्याङबो र सर्लाही हरिवन नगरपालिका- ५ घर भएका २२ वर्षीय विशाल लामा रहेका छन् ।

बिहीबार बेलुका काठमाडौं गोकर्णेश्वर नगरपालिका- ५ जोरपाटी बस्ने उदयपुर चौदण्डी नगरपालिका- ४ घर भएका ३७ वर्षीय निराहाङ राईलाई सुन खरिद गर्ने बहाना बनाई बुढानिलकण्ठ नगरपालिका- ११ कपनस्थित आनीगुम्बा बोलाएरु उनीहरूले उक्त रकम लुटपाट गरेका थिए ।

उनीहरुको साथबाट नगद ८ लाख ७ हजार रुपैयाँ, बा २४ प २८६७ र प्रदेश नम्बर ३—०२—०१३ प ३३८० नम्बरको मोटरसाइकल, ४ थान मोबाइल र ५ थान सिम समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस