समाचार

कोरोनामुक्त भएर पुनः जिम्मेवारीमा फर्किए अख्तियार प्रमुख घिमिरे

nabin ghimire

२१ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि विगत एक महिनादेखि आइसोलेसनमा बसेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेले आइतबारबाट पुन नियमित जिम्मेवारी शुरु गरेका छन् ।

घिमिरेभन्दा अघि पनि अर्का एकजना आयुक्तलाई कोरोना संक्रमण भएको थियो । उनले पनि कोरोनामुक्त भएर यसअघि नै कार्यभार सह्मालिसकेका छन् ।

घिमिरेको कार्यकाल सकिन एक साता मात्रै बाँकी छ । यही भदौ २९ गतेबाट घिमिरेको कार्यवधि समाप्त हुँदै छ । घिमिरेको कार्यकाल थोरै भएकाले अब तत्काल कुनै महत्वपूर्ण अनुसन्धानका काम नहुने अख्तियार स्रोतले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *