समाचार

मोरङमा उपचारको क्रममा मृत्यु भएको एक पुरुषमा कोरोना पुष्टि

covid 19 dead body

२१ भदौ, विराटनगर । मोरङको बुढीगंगा गाँउपालिका वडा नं. ४ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा विराट मेडिकल कलेज शिक्षण अस्पताल टंकीसिनुवारीमा मृत्यु भएको छ ।

भदौ १९ गते निमोनियाको समस्या भएर अस्पताल भर्ना भएका उनी उच्च रक्तचाप र रमधुमेयका बिरामी भएको सो अस्पतालले जनाएको छ । सो अस्पतालको कोभिड आइसोलेसनमा उपचारका क्रममा आइतबार साडे ३ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

छाती दुख्ने र सासफेर्न समस्या भएपछि अस्पताल भर्ना भएका उनको उपचारको क्रममा शनिबार बिहान उनको स्वाब लिएको र आइतबार साँझ ६ बजे मात्र रिपोर्ट आएको थियो । मृत्यु पछि रिपोर्ट पोजेटिभ आएको सो विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. पुरु कोइरालाले जानकारी दिए ।

शुक्रबार राति कोशी अस्पतालमा मृत्यु भएका विराटनगर महानगरपालिका– २ का ७० वर्षका वृद्धको पनि मृत्युपछि आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस