समाचार

नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

nepaljung medical college

२२ भदौ, बाँके । बाँकेको कोहलपुरस्थित नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्‍ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको हो ।

मृतकलाई तीन वर्षदेखि मुटुरोग को समस्या रहेको पनि उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनी भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो ।

१५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए । स्वास्थ्य समस्या बढेपछि उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस