समाचार

बझाङमा बाघको छाला र हड्डीसहित दाजुभाई पक्राउ

arrest

२२ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआइटी) टोलीले पाटेबाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको छ ।

गए राति पौने ३ बजे बझाङको बुङ्गल नगरपालिका-३ विजगडामा बाघका अङ्गसहित हरजित बोहरा र राईसिंह बोहरालाई प्रकाउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए। उनका अनुसार, पक्राउ परेका दुवै जना बुङ्गल नगरपालिका-६ बस्ने दाजुभाइ हुन् ।

प्रहरीले गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रहरीको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवै जना विजगडाबाट भारी बोकेर पैदल बागथलातर्फ जाँदै थिए ।

उनीहरूको साथबाट प्रहरीले छाला दुई थान र बाघको करीब ९ किलो हड्डी बरामद गरेको छ । पक्राउ परेका दाजुभाइलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङ पठाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस