समाचार

ताप्लेजुङको जलविद्युत् आयोजनामा पहिरो खस्दा दुई जनाको मृत्यु

pahiro 2

२२ भदौ, काठमाडौं । ताप्लेजुङ सिरिजंघा गाउँपालिका–४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन ।

गएराति परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधिन नागदेवा लघु जलविद्युत आयोजनाको पावर हाउस भवन समेत माथिबाट झरेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

सोही आयोजनाको पावर हाउसमा लिम्बू र थेवे अपरेटरको काम गर्दै आएका थिए । पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउँदा उनीहरुको पनि पुरिएर मृत्यु भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस