
२२ भदौ, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने तय भएको छ।
सोमबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल सहितको छलफलले २६ भदौमा स्थायी कमिटी बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
दुई अध्यक्षबीच आइतबार हुने भनिएको भेट आज (सोमबार) भएको हो । शनिबार प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
सो भेटमा प्रचण्डले पौडेल नेतृत्वको छ-सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टी सञ्चालनमा कार्यकारी अध्यक्षको भूमिका प्रष्ट नपारिएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस