समाचार

चितवनमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

covid 19 bar

२२ भदौ, चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पाँच पुगेको छ । आइतवार राति चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका १९ सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार पाँच पुगेको हो । चितवन मेडिकल कलेजको नतिजाअनुसार संक्रमित हुने अन्यमा मकवानपुरका आठ, तनहुँका दुई र नवलपुरका एक जना रहेका छन् ।

हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र सङ्क्रमितको सङ्ख्या ६५७ जना पुगेको छ । यस्तै जिल्लाका पाँच नगरपालिकामध्ये रत्ननगरमा १२२, राप्तीमा ९७, खैरहनीमा ५४, माडीमा ५२ र कालिकामा १९ जना पुगेका छन् । इच्छाकामना गाउँपालिकामा संक्रमितको संख्या चार रहेको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमितमध्ये १८० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक थपिएका १९ बाहेक जिल्लामा रहेका अन्य संक्रमितमध्ये होम आइसोलेसनमा २५५ र संस्थागत आइसोलेसनमा ५३९ जना रहेका छन् ।

संक्रमितमध्ये महिला ४०४ र पुरुष ५७८ रहेको कार्यालयले जनाएको छ । जिल्लामा १२ संक्रमितको मृत्यु भइसकेको छ । जिल्लाका अस्पतालहरुमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । यस जिल्लामा गत वैशाख ५ गते पहिलो पटक संक्रमण देखिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *