समाचार

बलात्कार प्रयासको आरोपमा गौशालाका एक प्रहरी पक्राउ

rape

२२ भदौ, काठमाडौं । युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् ।

दार्चुला घर भई गौशाला प्रहरीमा कार्यरत जवान उपेन्द्र सिंह पक्राउ परेका गौशाला प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक डिएसपी जितेन्द्र कुमार बस्‍नेतले बताए ।

उनका अनुसार प्रहरी जवान सिंले चिनजानकै एक २१ वर्षीया युवतीलाई आइतवार बेलुकी जवरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका सिंलाई जिल्ला अदालतबाट सोमबारै म्याद थप गराई बयान लिने तयारी गरिएको डिएसपी बस्‍नेतले बाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस