
२२ भदौ, बाँके । नेपालगञ्ज उपमहानगरपालिका कर्मचारीको कोरोनाबाट मृत्यु भएपछि उपमहानगरपालिका कार्यालयलाई ‘सील’ गरिएको छ ।
कार्यालयको जिन्सी शाखामा कार्यरत युवराजविक्रम घलेको गएराती मृत्यु भएपछि उपमहानगरपालिका कार्यालयले आज शोक बनाउदै तीन दिन सील गर्ने जनाएको हो । उपमहानगरपालिका कार्यालय आइतबारदेखि सुचारु हुनेछ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउँदै शोक सन्तप्त परिवारमा सहानुभुति प्रकट गर्नुभएको छ । घलेको आइतबार राती ८:३० बजे निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस