समाचार

रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु

bead body tag

२२ भदौ, रसुवा । स्काभेटरलाई विद्युुत् तारले छुँदा करेन्ट लागेर आज एक चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा  उत्तरगया गाउँपालिका वडा नं ५ लहरे निवासी २५ वर्षीय  दिनेश श्रेष्ठ  छन् ।

घटनालगत्तै उपचारका लागि उनलाई रसुवा अस्पताल पु¥याइएपनि निधन भइसकेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा.अनिलकुमार खरेलले जानकारी दिए । बिहान ट्रकमाथि राखेर स्काभेटर  स्याफ्रुबेँसीतर्फ लाँदै गर्दा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ खोपाङ भीरमा सो दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

राजमार्ग छेउमा रहेको धुञ्चे –स्याफ्रु ११ केभी विद्युत् प्रसारण लाइन तारमा मेशिनले कसरी छुन गयो भन्ने सम्बन्धमा प्रहरी अनुसन्धान शुरू गरिएको बताइएको छ  ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस