समाचार

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

covid 19 dead body

२२ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०० पुगेको छ।  यस्तै, सोमबार नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा‍. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

संक्रमितमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस