समाचार

तनहुँमा जीप दुर्घटना हुँदा २ को मृत्यु, ५ जना घाइते

road accident

२२ भदौ, तनहुँ । रिसिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय जीप चालक होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप चालकको घटनास्थलमै मृत्यु भएको र घाइते राजकुमारको एपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

व्यास–५ स्थित चापाघाटबाट आफन्तको निधनमा भेटी लिएर रिसिङको खाल्डेतर्फ जाँदै गरेको ग १ज ७१२८ नम्बरको जीप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस