समाचार

मोरङमा निषेधाज्ञा भदौ २८ सम्म लम्ब्याइयो, बेलुका ७ बजेसम्म पसल खोल्न पाइने

CDO office Morang

२२ भदौ, विराटनगर । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभरि लगाएको निषेधाज्ञालाई एक साता थप गरेर भदौ २८ गते राति १२ बजे सम्म थप गरेको छ ।

दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको समय सोमबार सकिनै लाग्दा प्रशासन कार्यालयमा सम्पन्न जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले निषेधाज्ञालाई तेस्रो पटक निरन्तरता दिने निर्णय गरेको हो ।

यस अवधिमा अत्यावश्यकबाहेक सार्वजनिक सवारी साधन सञ्चालन लगायतका भिडभाडजन्य गतिविधिमा रोक लगाइएको छ ।

यद्यपी सिटी रिक्साहरु जोर विजोर प्रणालीमा सञ्चालन हुने गरी सञ्चालन अनुमति दिइएको छ भने सरकारले मापदण्ड तोकेअनुसार पसलहरु साँझ ७ बजेसम्म खुल्ने भएका छन् ।

साथै साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको छ । प्रशासनले १० वर्ष मुनि र ६० वर्ष माथिका नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

मोरङमा कोरोना संक्रमणका कारण हालसम्म १८ सय ५८ जना संक्रमित भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस