समाचार

दाङको स्वर्गद्वारी आश्रममा आगलागी, १० लाख बरावरको क्षति

Swargadwari Ashram

२२ भदौ, दाङ । लमही नगरपालिका वडा नं. ३ बनगाउँ स्थित स्वर्गद्धारी आश्रमको एउटा घर आगलागी हुँदा करिब १० लाखको क्षति भएको छ।

आश्रममा कोही नभएको बेला सोमबार बेलुका विद्युत सट भइ आश्रमको गोदाममा रहेका साल र सिसौका काठ जलेर नष्ट भएको स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरी अधिकारीले जानकारी दिए ।

लाइन सट भएर आगलागी हुँदा करिब १० लाखको क्षति भएको अधिकारीले बताए । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमहीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । गोदाममा राखिएको काठ सबै जलेर नष्ट भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *