
२२ भदौ, जनकपुरधाम । प्रहरीले धनुषाबाट करिब साढे १० लाख रुपैयाँ बराबरको धातुसहित दुई जनालाई पक्राउ गरेको छ ।
दुईवटा साइकलमा आएका युवाहरुलाई जनकपुरको सुनचाँदी बजारबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका –७ बस्ने २० वर्षीय श्याम दास र सोही ठाउँमा घरमा भएका २२ वर्षीय नुरारी लहेरी छन् ।
सुनचाँदीको गहनामा रसायनको रुपमा प्रयोग गरिने ५० किलो उक्त धातुको अन्दाजी मूल्य १० लाख ६२ हजार बराबरको रहेको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रवक्ता मिश्रले बताए ।
प्रतिक्रिया दिनुहोस