समाचार

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

gold shop

२३ भदौ, काठमाडौं । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य ९६ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको थियो ।

मंगलबार चाँदीको मूल्य स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस