
२३ भदौ, पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरामा ३१ सहित गण्डकी प्रदेशमा थप ५९ संक्रमित थपिएका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माको अनुसार थपिएका संक्रमितका पोरखा महानगरपालिकाका २६, गोरखाका १०, तनहुँका ३ र बागलुङका ९ जना रहेका छन् ।
त्यस्तै बिहान नवलपरासी (सुस्तापूर्व)का ६ जना र कास्कीका ५ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस