समाचार

उपत्यकामा २ सहित ६ जना कोरोना संक्रमितको मृत्यु

covid 19 dead body

२३ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार एक जना महिलासहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पाँच जना वृद्धवृद्धा छन् । एकजना ५४ वर्षीय पुरुष छन् । आज मृत्यु भएकाहरुमा काठमाडौंका दुईजना पनि छन् ।

यसैगरी, आजसमेत कुल मृतक संख्या ३ सय ६ पुगेको छ । जसमध्ये २ सय २२ पुरुष र ८४ महिला छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस