बलिउड / हलिउड

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

riya chakrawati

२३ भदौ, काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा मुछिएकी उनकी प्रेमिका रिया चक्रवर्ती अन्ततः पक्राउ परेकी छन् । लागू औषत प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनलाई पक्राउ गरेको हो ।

यसअघि उनीसँग तीन पटकसम्म सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले आफू पनि ड्रग्स प्रयोग गर्दै आएको बयान दिएकी थिइन्. सोही बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी रियाको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ ।

यसअघि ड्रग्स खरिद गरेको आरोपमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो । रियाले आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको भारतीय मिडियामा उल्लेख छ ।

यसैविच, नायिका चक्रवर्तीको उजुरीपछि बान्द्रा प्रहरीले सोमबार सुशान्तकी बहिनी प्रियंका सिंह र दिल्लीमा अवस्थित मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमारको विरुद्धमा एफआइआर दर्ता गरेको छ । सुशान्तको आत्महत्यामा उनलाई उत्प्रेरित गरेको आरोप रियाले लगाएकी छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस