समाचार

प्रदेश–१ का डीआईजी कार्कीलाई कोरोना संक्रमण

DIG karki

२३ भदौ, विराटनगर । नेपाल प्रहरीको प्रदेश–१  प्रहरी कार्यालयका डीआईजी ईश्वरबावु कार्कीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएका थिए । कार्कीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुईकेलले प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको बताए । उनी अहिले प्रदेश प्रहरी कार्यालयमा आइसोलेशनमा छन् ।

यसअघि, गण्डकी प्रदेशका डिआईजी घनश्याम अर्याललाई पनि कोरोना संक्रमण भएको थियो । अर्याल गण्डकी प्रदेश प्रहरी कार्यालयको आईसोलेशनमा छन् । आर्याल बस्ने क्वार्टर सिल गरिएको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस