समाचार

चितवनमा १८ महिने बालकसहित थप ११ जनामा कोरोना पुष्टि

bharatpur hospital

२४ भदौ, चितवन । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको प्रभाव चितवनमा कम हुँदै गएको छ । पछिल्लो तथ्यांक हेर्दा जिल्लामा कोरोना संक्रमण दर घट्दो अवस्थामा छ ।

पछिल्लो पटक मंगलबार राती १२ बजेसम्म गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ९ र माडीका २ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

कोरोना पोजेटिभ देखिनेहरू १८ महिने बालकदेखि ५४ बर्ष सम्मका छन् । भरतपुरमा पुष्टि भएकाहरूको नमुना भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेज तथा माडीमा क्वारेन्टिनबाट  संकलन गरिएको थियो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलकाअनुसार मंगलबार राति १२ बजेसम्म २५७ वटा नमुना परीक्षण गरिएकोमा सिन्धुपाल्चोकका एक जनासहित १२ जनामा संक्रमण पुष्टि भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस