
२४ भदौ, काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । साथै, नेपालमा स्थानीय वायुको पनि प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।
हाल देशका अधिकांश स्थानमा सामान्य बदली भई प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
बुधवार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।