
२४ भदौ, इलाम । आफ्नै वृद्ध आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । इलामका एक २३ वर्षीय युवाले आफ्नै ६३ वर्षीय आमालाई गत भदौ ७ गते राति बलात्कार गरेर फरार भएका थिए ।
फरार युवाविरुद्ध जिल्ला प्रहरी कार्यालय, इलाममा परेको जाहेरीका आधारमा प्रहरीले मंगलबार राति ती युवालाई इलाम नगरपालिका–५, तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उनलाई गए राती प्रहरी निरीक्षक नविन राईको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । पक्राउ परेका अभियुक्त बिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताए ।
प्रतिक्रिया दिनुहोस