समाचार

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

gold shop

२४ भदौ, काठमाडौं । बुधबार सुनको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सयले बढेर प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको ९५ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि १३ सय १५ रूपैयाँ कायम भएको छ । सोमबार प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस