
२४ भदौ, काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । लेखक समेत रहेका गुरुङको मेट्रो अस्पताल, महाराजगंजमा उपचारको क्रममा मङ्गलवार राती निधन भएको सन्तोष सेनले जानकारी दिए ।
दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएका उनको कलेजोमा समस्या थियो ।
‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका उनले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ चलचित्र लेखेका थिए ।
कोरोनाका कारण उनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–३’ रिलिज भएको छैन । छेतन सन्तोष सेनसँग मिलेर ‘हु.तु.तु.’ चलचित्र निर्देशनको तयारीमा थिए ।
प्रतिक्रिया दिनुहोस