समाचार

चितवनमा बँदेलको आक्रमणबाट तीनजना घाइते

badel

२४ भदौ, चितवन । जंगली बँदेलको आक्रमणबाट चितवनमा तीनजना घाइते भएका छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका २८ का एकै परिवारका अमन कुमाल, धर्म कुमाल, अशोक कुमाल छन् । उनीहरुलाई मंगलबार बिहान बर्दाहा सामुदायिक वननजिकै रहेको घरमा बँदेलले आक्रमण गरेको थियो ।

बटुकदल गणका गणपति अरुण श्रेष्ठका अनुसार करिब ११ वर्षको भाले बँदेलले उनीहरुलाई आक्रमण गरेको हो ।  घाइते तीनैजनाको भरतपुरको नारायणी अस्पतालमा उपचार भएको छ । घाइते दुईजना भने उपचारपछि फर्किसकेका छन् । एकजनाको उपचार भइरहेको छ ।

श्रेष्ठका अनुसार आक्रमण गर्ने बँदेललाई स्थानीयले प्रतिकारका क्रममा मारेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *