राजनीति

ओली-प्रचण्डबीच स्थायी कमिटीबारे छलफल

communist Party kp oli

२४ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठकबारे छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ।

बिहीबारका लागि तोकिएको पार्टीको स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल गर्न दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

नेकपाको विवाद समाधानका लागि सुझाव दिन गठित ६–सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्षबाट स्थायी कमिटी बैठकमा प्रस्तावहरु प्रस्तुत हुने र त्यसमाथि बैठकमा छलफल गरिने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस