
२४ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक पदमा प्रा.डा दिनेश काफ्लेलाई नियुक्त भएका छन् । अस्पतालका अर्थोपेडिक सर्जन डा काफ्लेलाई त्रिवि कार्यकारी परिषदले मंगलबार निर्देशकमा नियुक्त गरेको हो ।
अस्पतालको कार्यकारी निर्देशक पद ४ वर्षको हुन्छ । निर्देशक नियुक्त डा काफ्लेले आज पदवहाली गरेका छन् ।
यसअघि अस्पतालमा अर्को व्यवस्था नभएसम्मका लागि डा रोहित कुमार पोखरेललाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो । कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाको कार्यकाल सकिएपछि डा पोखरेललाई निमित्त दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस