
२४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको फक्स न्यूजले जनाएको छ ।
इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच शान्ति स्थापनाका लागि महत्वपूणृ भूमिका खेलेको भन्दै नर्वेली संसदका दक्षिणपन्थी सदस्य क्रिश्चियन टायब्रि–गेजेडेले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका हुन् ।
‘उनको योग्यताका लागि मलाई लाग्छ कि उनले अन्य शान्ति पुरस्कारका उम्मेदवारहरू भन्दा राष्ट्रहरूबीच शान्ति स्थापना गर्ने बढी प्रयास गरेका छन’, उनले भने ।
नोबेल शान्ति पुरस्कार नियमावली अन्तर्गत राष्ट्रिय संसदको कुनै पनि सदस्यले उम्मेदवारलाई मनोनयन गर्न सक्दछ । नोबेल शान्ति पुरस्कार वेबसाइटका अनुसार धेरै अन्य व्यक्तिले विश्वविद्यालयका प्राध्यापकहरू सहित पुरस्कारका लागि उम्मेद्वार दिन सक्दछन् ।
नोबेल शान्ति पुरस्कार समितिको नामांकन पत्रमा गेजेडेले दुई देशहरूबीच शान्ति वार्तामा ट्रम्प प्रशासनले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् ।