समाचार

रौतहटमा डीएसपीसहित २० जना प्रहरीमा कोरोना संक्रमण

pcr test lab

२४ भदौं, रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीसहित २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधवार बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी), दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले बताए ।

ठूलो संख्यामा प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि उक्त इलाका प्रहरी कार्यालयलाई सेनेटाइज गरेर र भौतिक दुरीसहित केही कामकाजलाई मात्रै निरन्तरता दिएको एसपी शाहले बताए ।

गत शुक्रवार प्रहरी र स्थानीयसहित ४१ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा २० प्रहरी र ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका प्रहरीलाई चन्द्रपुर नगरपालिका–२ मा रहेको आइसोलेसनमा पठाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस