समाचार

काठमाडौं उपत्यकामा थपिए ४६४ जना कोरोना संक्रमित

Kathmandu

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३९४, भक्तपुरका ३६  र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, बुधबार नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ। संक्रमितमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस