
२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाको आन्तरिक सवारी जोरबिजोर प्रणालीबाट व्यवस्थित गर्ने र खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसल दिनभर खोल्न पाइने बताए । अन्य व्यापार \ व्यवसाय पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खोल्न पाइनेछ ।
उपत्यका बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनका हकमा यसअघिकै निर्णय लागू हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस