२५ भदौ, बुटवल । पाल्पा जिल्लाको बगनासकालीमा गयराती घर भत्किदा पुरिएर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली ७, खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएर सुतिरहेका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो ।
कनौजेलाई स्थानीयले उद्धार गरी उपचारका लागि युनाइटेड मिसन अस्पतालमा ल्याएका थिए । तर उनकाे उपचारकै क्रममा बिहान १ः२५ बजेको समयमा मृत्यु भएकाे चिकित्सकले घोषणा गरेको ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कनौजेको घर भत्किँदा २ वटा भैँसी समेत पुरिएको अवस्थामा रहेका छन् । यसबारे उद्धार र थप अनुसन्धान कार्य भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस