२५ भदौ, भोजपुर । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ ।
टेम्केमैयुङ गाउँपालिका – ५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरि कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।
गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटपछि ढिलबाट हुत्याएर आफू घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस