पर्यटन

हिमालय एयरलाइन्सले पायो आईएसओ प्रमाणपत्र

himalaya airlines

२५ भदौ, काठमाडौं । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्रमाणपत्र पाएको छ । यो अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यताप्राप्त गुणस्तरको स्तर हो ।

यसले एक प्रभावकारी गुणस्तर प्रणालीमार्फत् उत्पादन र सेवाहरुबाट ग्राहकका आवश्यकता पूरा गर्न सुनिश्चित गर्ने गर्दछ । आईएसओ ९००१–२०१५ अनुरुप बन्न एयरलाइन्सले व्यापक कम्पनी अडिटलाई अंगिकार गरिएको जनाएको छ।  जसमा गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्व अडिट, प्रारम्भिक मूल्यांकन र नन्–कन्फर्मेन्सको निकासी समावेश थियो।

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, “यो वास्तवमै हिमालय टीमका लागि एक उपलब्धी हो जसले हाम्रा ग्राहकहरुलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ । आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरुमा आधारित भई निर्मित छ जसमा ग्राहकहरुलाई केन्दित गरि सेवा पु¥याउने, उच्च स्तरको संगठन व्यवस्थापनको संलग्नता, एक प्रकृया अवधारणा र एक प्रकृयाको लगातार सुधार समावेश छ । आईएसओ ९००१–२०१५ को प्रयोग गर्दा हाम्रा ग्राहकहरुले निरन्तर, उच्च गुणस्तरको वस्तु र सेवाहरु पाउने सुनिश्चित गर्न मद्धत गर्नेछ, जसले एअरलाइन्स्मा धेरै व्यवसायिक लाभहरु ल्याउनेछ ।”

प्रमाणीकरण पश्चात, एअरलाइन्सले हालसालै गत महिना मलेशियन एअरलाइन्स बरहाड (एमएच) सँग सम्झौता गरेको छ । मलेशियन एअरलाइन्स एअरफ्रेम र इन्जिनसँग सम्बन्धित लाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरुका लागि परिचित रहेको छ ।

यस सहकार्यको साथ अब हिमालय एअरलाइन्स लाइन स्टेशन स्थापनाका लागि सुसज्जित भएको छ र वर्कशप क्षमताको वृद्धि सँगै अन्य एअरलाइन्स्बाट आय आर्जन गर्न इन्जीनियरिङ्ग व्यवसायको सम्भावित क्षेत्रतर्फ कार्य गर्न सकिने एअरलाइन्सले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस