समाचार

लाइसेन्स नवीकरणको काम आइतबारदेखि सुचारू हुने

Traffic Police Checking

२५ भदौ, काठमाडौं । भदौ ३ देखि उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएसँगै आइतबारदेखि लाइसेन्स नवीकरणको काम हुने भएको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्तकुनाले सूचना जारी गरी नवीकरणको काम सुरु हुने जनाएको हो ।

बिहीबार एक सूचना जारी गर्दै लाइसेन्स नवीकरण कार्य पुनः सुरु गर्ने उल्लेख गरेको छ । निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको हो ।

कार्यालयले नवीकरणबाहेक अन्य सेवाहरु भने अर्को सूचना जारी नभएसम्म स्थगित रहने बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *