
२५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । संक्रमितमध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर १८१८ जना घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस