
२५ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।
यस्तै, बिहीबार नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । संक्रमितमध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस