२५ भदौ, वीरगञ्ज । बारामा १३ वर्षअघि भएको पत्रकार वीरेन्द्र शाहको अपहरणपछि हत्या घटनाका मुख्य अभियुक्त दावी गरिएका हरेराम प्रसाद कुर्मी पक्राउ परेका छन् ।
कुर्मीलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले रातोपाटीलाई जानकारी दिए ।
लुकिछिपी बसेका कुर्मीलाई कोल्हवी नगरपालिका– सपही टोलबाट पक्राउ गरिएको एसपी पंगेनीले बताए । उनले भने, ‘पक्राउ परेका कुर्मीमाथि थप अनुन्धान भइरहेको छ ।’
कुर्मीलाई जिल्ला अदालत बाराबाट म्याद थप्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस