समाचार

भक्तपुर नगरपालिकाको निर्णयः भदौ ३१ गते सम्मका लागि सार्वजनिक यातायात बन्द

bhaktapur nagarpalika

२६ भदौ, काठमाडौं । भक्तपुर नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र भाद्र ३१ गतेसम्मका लागि सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले १६ जनाभन्दा बढी सिटका गाडीलाई जोर–बिजोर प्रणाली लागू गरी सञ्चालन गर्ने निर्णय गरेको भए पनि नगरपालिकाले सार्वजनिक यातायात बन्द जारी राख्ने निर्णय गरेको हो ।

भक्तपुरमा कोरोना संक्रमण फैलिँदै गएको परिस्थितिलाई मध्यनजर गर्दै नगरपालिकाले संक्रमण समुदाय स्तरसम्म फैलिन नदिन भक्तपुरबाट काठमाडौँका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं. ७ र रुट नं. ९ मा चल्ने छोटो दूरीका यातायात भाद्र ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।

नगर प्रमुख प्रजापतिको अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले सुरक्षाका उपाय अपनाउन व्यवसायीलाई आग्रह गरेको छ । व्यवसायीहरुले मास्क, पञ्जा लगाइ शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्नु पर्ने नगर प्रमुख प्रजापतिको भनाई छ ।

कोरोनाभाइरस (कोभिड १९) रोग काठमाडौँ उपत्यका लगायत विभिन्न सहरहरूमा दैनिक सयौँको सङ्ख्यामा संक्रमितहरू बढिरहेको नगरबासीलाई सचेत हुन आग्रह गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस