समाचार

चितवनमा थपिए ३५ जना कोरोना संक्रमित

bharatpur hospital

२६ भदौ, चितवन । चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीवार रातिसम्म भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा पोजेटिभ देखिएको हो । १ सय ५६ वटा नमुना परीक्षण मध्ये १ सय २१ वटा भने नेगेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन् ।

नयाँ संक्रमितहरुमा चिवतन जिल्लाका ३१ जना रहेका छन् । चितवनको भरतपुर महानगरको वडा नम्बर ३, १०, ११, १२ र २६ का ५ महिला र २६ पुरुष रहेका छन् ।

त्यस्तै नवलपुरका २ जना र पर्साका एक जना रहेका छन् । अहिलेसम्म देशभर कोरोना संक्रमितको सङख्या ५० हजार नाघिसकेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस