राजनीति

लामो समयदेखि स्थगित नेकपाको स्थायी कमिटि बैठक आज बस्दै

nekapa baithak

२६ भदौ, काठमाडौं । लामो समयदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज (शुक्रबार) बस्दै छ ।

पार्टीमा आन्तरिक विवाद बढेसँगै १३ साउनदेखि स्थगित स्थायी कमिटी बैठक महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन र अध्यक्षद्वयबीचको सहमति अनुसार आज बोलाइएको हो ।

आज ११ बजेबाट बस्‍ने बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल हुनेछ। त्यस्तै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको लागि संयुक्त रूपमा प्रस्ताव तयार पारेका छन् ।

कार्यदलको सुझावमा समेत आधारित रहेर तयार पारिएको प्रतिवेदनमा अध्यक्षद्वयको कार्यविभाजन, नेपाल-भार सीमा विवाद, कोरोना महामारी र प्रतिकार्य, एमसीसी, पार्टी र सरकारको समीक्षा, पार्टी एकताको बाँकी काम, महाधिवेशनजस्ता अजेण्डा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस