
२६ भदौ, चितवन । नारायणगढ-मुग्लिन खण्डअन्तर्गत चोरखोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र चोरखोलाको बीच स्थानमा बिहान ८ बजे पहिरो खसेको हो ।
पहिरोका कारण सडक बन्द हुँदा यातायात पूर्णरुपमा अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । सडक बन्द हुँदा सवा्री साधनहरुको लाम लागेको छ। पहिरो पन्छाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ ।
यसअघि पनि उक्त स्थान नजिकै चारकिलो भन्ने स्थानमा पहिरो गएर लामो समयसम्म यातायात अवरुद्ध बन्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस