२६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले भदौ २८ गतेदेखि सबै प्रकृतिका मुद्दामा सुनुवाइ गर्ने भएको छ । सर्वोच्चले लकडाउनका बेला कोरोना सम्बन्धि र बन्दीका मुद्दा मात्र हेर्दे आएको थियो ।
सर्वोच्च प्रशासनले बिहीबार सूचना सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । अदालतमा मुद्दाको सुनुवाइ रोकिदा सेवाग्राही मर्कामा छ्न् । सरकारले बिहीबारदेखि निषेधाज्ञा खुकुलो पारेसगै सर्वोच्चले आफ्नो निर्णयको पुर्नविचार गरेको हो ।
सूचनामा उल्लेख भए अनुसार भदौ २८ गतेदेखि अदालतमा सबै प्रकृतिका रिट निवेदन, पुनरावेदन, निवेदनको दर्ता, रिट निवेदन तथा अन्य निवेदनको प्रारम्भिक सुनुवाइ, अन्तरिम आदेश सम्बन्धी छलफल, थुनुवा तथा नेपाल सरकारका तर्फबाट आएका पुनरावेदनको सुनुवाइ, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ अन्तर्गत परेका निवेदनको सुनुवाइ, मुद्दा पिर्ता तथा मिलापत्र सम्बन्धी काम कारवाही र सुनुवाइ हुनेछ । यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।