समाचार

‘नक्कली प्रेस कार्ड’ बनाउने व्यक्तिलाई पक्राउ गर्न गएका प्रहरीमा कोरोना पुष्टि

press fake card

२६ भदौ, काठमाडौं । नक्कली प्रेस कार्ड बनाउने व्यक्तिलाई बागबजारबाट पक्राउ गरेका अपराध महाशाखाका दुई जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।

नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा दुई जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो । महाशाखामा कार्यरत एक प्रहरी सहायक निरिक्षक (असई) र एकजना हवल्दारलाई कोरोना देखिएको छ ।

उनीहरुलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा पठाईएको अपराध महाशाखाका एक अधिकृतले बताए ।

उनीहरु दुई जनासहित अपराध महाशाखाका ७ जना प्रहरी संक्रमित छन् । महाशाखाबाट वृत जनसेवामा खटिएका १ जना, वृत सोह्रखुट्टेमा खटिएका एकजना बौद्ध वृतमा दुईजना  र गौशाला  वृतमा खटिएका १ जना सहित ५ प्रहरी जवानलाई संक्रमण देखिएको छ ।

नक्कली प्रेस कार्ड छाप्नेलाई पक्राउ गर्न गएका डिएसपीसहित १६ जना प्रहरी क्वारेन्टाइनमा बसेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस